अमेरिकी अध्यागमन केही समयका लागि बन्द गर्ने ट्रम्पको घोषणा

0
Shares

अमेरिकी राष्ट्रपति ट्रम्पले केही समयका लागि अमेरिकी अध्यागमन बन्द गर्ने घोषणा गरेका छन्।

नले कोरोनाभाइरस महामारीको स्वास्थ्य र आर्थिक प्रभावको सामना गर्न आफूले यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको बताएका छन्।

उनले ट्विटमा लेखेका छन्, ‘अदृश्य दुश्मनको आक्रमक आक्रमण, र हाम्रा महान अमेरिकी नागरिकहरूको जागिर जोगाउनुपर्ने आवश्यकताको आधारमा म संयुक्त राज्य अमेरिकाको अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु।’

उनले यस बारे एक अध्यादेशमा हस्ताक्षर गर्ने बताएपछि यसले केही गम्भीर प्रश्न सिर्जना गरेको छ।

उनले कुन संयन्त्र प्रयोग गरेर अध्यागमन निलम्बन गर्नेछन्,कतिसमयका लागि निलम्बन गर्नेछन्। अमेरिकी सीमा वारपार कसरी हुन्छ ? ग्रीनकार्ड भएका व्यक्तिको हकमा के हुन्छ ? त्यस बारेमा कुनै व्याख्या गरिएको छैन।

 

 

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १० : ०७ बजे