फुडमाण्डुले गरायो फिल्डमा खटिने सबै कर्मचारीको कोभिड–१९ बीमा

0
Shares

कोरोनाभाइरस कोभिड–१९ बाट बच्न सरकारले देशभर लकडाउन गरेको अवस्थामा फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिईरहेको छ ।

सरकारको नियम, आफ्ना कर्मचारी र ग्राहकहरुको सुरक्षा र सरसफाईलाई ध्यानमा राखेर दैनिकरुपमा फ्रेश ग्रोसरीजर डेलिभरी गरिरहेको कम्पनीले कोभिड–१९ बाट आफ्ना कर्मचारीहरुलाई सुरक्षागर्नका लागि हालै बीमा समितिले लागू गरेको कोभिड–१९ बीमा गराएको छ ।

फुडमाण्डुले एनएलजी इन्स्योरेन्स कम्पनीसँग आफ्ना १९ जना डेलिभरी स्टाफहरुको कोभिड–१९ बीमा गराएको हो । फुडमाण्डुले प्रति व्यक्ति १ लाख रुपैयाँको कोभिड–१९ बीमालेख खरिद गरेको हो । सो बीमालेखले कर्मचारीहरुलाई १ वर्षसम्म कोभिड–१९ बाट सुरक्षा प्रदान गर्नेछ ।

फुडमाण्डु कोभिड–१९ बीमालेख लिने एनएलजी इन्स्योरेन्स कम्पनीको पहिलो कर्पोरेट ग्राहक समेत हुन सफल भएको छ।

कोभिड–१९ बीमालेख फुडमाण्डुका संस्थापक अध्यक्ष मनोहर अधिकारीको उपस्थितीमा एनएलजीका कर्पोरेट एण्ड इन्टरनेशनल बिजनेस हेड अन्जन ढकालले फुडमाण्डुकी अपरेशन हेड प्रतिमा अधिकारीलाई सोमबार हस्तान्तरण गरे ।

कम्पनीका फुडमाण्डुका संस्थापक अध्यक्ष मनोहर अधिकारीले आफ्नो कर्मचारीहरुको सुरक्षालाई संधै प्राथमिकता दिईरहेको बताए ।

‘लकडाउनमा सबैजना घरमा हुनुहुन्छ र हाम्रा कर्मचारीहरु तपाईँको सेवामा खटिरहनुभएको छ । त्यसैले पनि उनीहरुको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ । कोभिड–१९ बीमालेखले हामीलाई थप सेवा प्रदान गर्न उत्प्रेरित गर्नेछ,’ संस्थापक अध्यक्ष अधिकारीले भने ।

कोभिड–१९ बीमालेखका साथमा फुडमाण्डु आफ्ना फिल्डमा खटिने कर्मचारीहरुको सूरक्षामा प्रतिबद्ध रहेको छ भने उच्च सुरक्षा सर्तकताका साथ ग्राहकहरुको सेवामा समर्पित भएको छ ।

यसअघि देखि नै फुडमाण्डुले कोभिड–१९ को सुरक्षालाई ध्यानमा राखेर कर्मचारीहरुले अनिवार्यरुपमा मास्क र पन्जा लगाउनुपर्ने नियम छ भने प्रत्येक घण्टामा स्यानिटाइज गरिने व्यवस्था रहेको छ ।

कम्पनीका मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम मालीले फुड डेलिभरी निकै संवेदनशिल सेवा भएको हुँदा सबैको सुरक्षा र हाईजीनलाई ध्यान दिँदै थप एक कदम अगाडि बढेको बताए ।

‘सुरक्षा र हाईजीनको विषयमा हामी कुनै जोखिम लिन चाहन्नौं, त्यसैले हामीले हाम्रा ग्राहकहरुलाई सुरक्षित र हाईजीन फुड डेलिभरी गर्नका लागि कोभिड–१९ बीमासहित सम्पूर्ण सुरक्षाको प्रबन्ध गरेका छौंं,’ मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम मालीले भने ।

यसैबिच फुडमाण्डुले लकडाउनमा बसेको बेला आमाको मुख हेर्ने दिन बैशाख ११ गतेको लागि प्रिअर्डर लिन शुरु गरेको छ । बैशाख १० गते बुधबारदेखि कम्पनीले सिमित रेष्टुरेन्टहरुबाट सिमित आईटमका फुडहरु अर्डर लिएर डेलिभरी समेत शुरु गर्नेछ ।