उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३२ पुग्यो

0
Shares

उदयपुर जिल्लामा मंगलवार थप एकजनामा कोरोना भाइरसको संक्रमित फेला परेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा ३३ वर्षीय पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो। यो सँगै नेपालमा कोरोना संक्तमित व्यक्तिको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एकजनामा संक्रमण पुष्टि भएको बताए।

यसअघि पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पूष्टि भएको थियो । अझै केहि व्यक्तिहरुको रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अझै केहि व्यक्तिको परीक्षण बाँकी रहेको बताएका छन् ।

 अन्यको भने कोशि अस्पताल, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै परीक्षण भइरहेको र रिपोर्ट आइनसकेको मन्त्रालयले जनाएको छ।

१३ जनामा कोभिड-१९ देखिएपछि त्यहाँ प्रदेश १ र नेपाली सेनाको छाउनी अस्पतालको प्राविधिक टोलीले अहिलेसम्म ३२० जनाको थ्रोट स्वाब संकलन गरेको छ। त्यसमध्ये, ६९ जनाको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि लगिएको छ। बाँकी नमूना परीक्षण गर्न हिजो सेनाको हेलिकप्टरबाट काठमाडौको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको प्रयोगशालामा ल्याइएको छ।

मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार हालसम्म ८ हजार ७६३ जनाको परीक्षण गरिएको छ । आईसोलेशनमा १०७ जना रहेका छन् भने ४ जना निको भएका छन् ।

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १७ : ०६ बजे