स्थानीय तहले लैजाने भएपछि राजधानीबाट घर फर्किनेको घुँइचो (भिडियो सहित)

0
Shares

काभ्रे, सिन्धुपाल्चोक, र दोलखाका विभिन्न स्थानीय तहले काठमाडौँ वा देशको जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई उद्धार गरि घर फिर्तिको अवसर प्रदान गरेपछि काठमाण्डौं जडीबुटीमा घर फर्कनेको घुँइचो नै लागेको छ।

जिल्लाका स्थानीय निकायले राजधानीबाट नागरिकलाई गृहनगर लैजान यसअघि नै स्थानीय सरकारलाई सम्पर्क गर्न आह्वान गरेका थिए। सोही अनुसार सम्पर्कमा आएका व्यक्तिहरुलाई स्थानीय सरकारले नै प्रबन्ध गरेको यातायातका साधनमा घर फर्काइएको हो।

खान, बस्न र परिवार भेट्न राजधानीबाट थातथलो हिँड्नेको सङ्ख्या बढेसँगै सिन्धुपाल्चोक र काभ्रेका स्थानीय सरकारले आफ्ना नागरिकको अवस्थाबारे सोधखोज गरी घर फर्किने व्यवस्था गरेका हुन् । घर फर्किन पाउने भएपछि जडिबुटीमा घर जानेहरुको लर्को नै लागेको छ।

सो जिल्लाका स्थानीय निकायले जुनकुनै स्थानमा खान, बस्न समस्या भोगेका आफ्ना नागरिकलाई घर फर्काएकोमा सिन्धुपाल्चोकका जडीबुटीमा तीन जना परिवार सहित घर फर्किन पाएकोमा खुशी मुद्रामा भेटिएका सिन्धुपाल्चोकका शुक्रराज तामाङ्गले मुक्तिको लामो श्वास फेरे।

राजधानीमा खान नपाई भोकभोकै मर्नुभन्दा स्थानीय तहमा गएर १४ दिन क्वारेन्टाइनमा बस्न पनि आफूहरुलार्ई कुनै आपत्ति नहुने उनले नोटबजारलाई बताए।

हेर्नुहोस् भिडियो:-