नेपालमा कोरोना संक्रमित संख्या ४० पुग्यो, थप ८ जनामा संक्रमण पुष्टि

0
Shares

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ।

विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो। उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । भने उदयपुरमा मात्रै संक्रमितको संख्या २२ पुगेको छ । संक्रमित पुष्टि भएका ८ जनाको थप विवरण भने आउन बाँकी छ ।

 

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १८ : ३८ बजे