प्रदेश नं २ मा तीन हजार ८७७ आरडिटी परीक्षण

0
Shares

प्रदेश नं २ मा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचारको क्रममा आज मध्याह्नसम्ममा तीन हजार ८७७ को ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गरिएको छ। 

यसमध्ये सबैभन्दा बढी पर्सा जिल्लामा दुई हजार ४०० आरडिटी परीक्षण गरिएको छ भने रौतहट जिल्लामा ३४४ को सो टेस्ट गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्।

त्यस्तै, सप्तरी जिल्लामा २११, सिरहामा ३०९ जना, महोत्तरीमा १०९ जना, सर्लाहीमा ११६, बारामा १२७ र धनुषामा ३०९ समेत गरी यस प्रदेशमा तीन हजार ८७७ को आरडिटी परीक्षण गरिएको हो । सोमध्ये अहिलेसम्म आठ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । ती आठ जनाको पिसिआरबाट परीक्षण गराउँदा सात जनाको रिपोर्ट नेगेटिभ र एक जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा. घिमिरे बताए।

अहिलेसम्म यस प्रदेशमा ६०६ को पिसिआर मेशिनबाट परीक्षण गराउँदा ६०२ को रिपोर्ट नेगेटिभ आएको, चार जना कोरोनाबाट सङ्क्रमित छन् भने १४ को रिपोर्ट आउन बाँकी रहेको छ। 

यस प्रदेशमा अहिलेसम्ममा एक हजार ८८ क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको भने होम क्वारेन्टाइनमा बस्ने सङ्ख्यामा वृद्धि हुँदै दुई हजार ४९० मा पुगेछ र आइसोलेसनमा ११ जना बसेका छन्।

प्रकाशित मिति: १० वैशाख २०७७, बुधबार  २० : १६ बजे