मुलुकभर ६ लाखले पाए राहत: अब मजदुरलाई काममा जोड्दै लगिने

0
Shares

अर्थमन्त्री डा. खतिवडाले अहिले मुलकभरीमा ६ लाखभन्दा बढी श्रमिक मजदूरले राहत पाइसकेका जानकारी दिँदै वैशाख महिना लागेपछि नयाँ सोचको विकास गरेर राहतलाई काममा जोड्ने तयारी गरिएको बताएका छन्।

त्यसका लागि आवश्यक गृहकार्य भइरहेको भन्दै उनले केही उद्योग र केही सेवा क्षेत्रलाई क्रमशः खुलाउँदै असङ्गठित क्षेत्रका मजदुरलाई जोड्दै लगिने सरकारको तयारी रहेको बताए।

लकडाउनका कारण व्यावसायिक गतिविधि रोकिँदा असामान्य क्षेत्रका श्रमिक मजदूरलाई तत्कालै समस्या भयो। असङ्गठित क्षेत्रका मजदूरलाई राहत दिन शुरु गरिएको कामले आफ्नो स्वरुप ग्रहण गर्यो सङ्गठित क्षेत्रले एक महिनाको भार बेहोर्ने भन्ने निर्णय थियो, त्यो पनि कार्यान्वयन भएको भएको अबस्था छ। सामाजिक सुरक्षाको कुरामा सरकारले योगदान गरेको छ ।

सङ्गठित क्षेत्रमा भने रोजगारदाता र श्रमिकका विषयमा छलफल चलिरहेकाले छिट्टै टुङ्गोमा पुग्ने अर्थमन्त्री खतिवडाले बताए। अहिलेको समस्या भनेको रोजगारदाता, श्रमिक, सरकार वा कर्मचारी सबैको समस्या भएकाले साझा सहमतीका आधारमा चल्नुपर्ने उनको भनाइ छ ।

श्रमिकको दैनिकीमा धेरै असर नपर्ने, उद्योगधन्दा पनि ध्वस्त नहुने र सरकारले पनि असिमित दायित्व बोक्नु नपर्ने गरी कार्यक्रम अघि बढाउन लागिएको छ ।

मुलतः केही अधारभूत क्षेत्रमा श्रमलाई उत्पादनसँग जोडेर त्यसको अधारमा राहतको कार्यक्रमलाई दिगो, व्यवस्थित बनाउने भन्दै उनले राहत लिने क्रममा निःशुल्क लिँदा नचाहिनेले पनि लिने प्रवृत्ति देखिएकाले नयाँ योजना ल्याउन लागिएको सरकारले जनाएको छ ।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  ०७ : २७ बजे