सानिमा बैंकद्वारा कोरोना कोषमा १ करोड ६८ लाख सहयोग हस्तान्तरण

0
Shares

सानिमा बैंकले कोरोना भाइरस (कोविड–१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई १ करोड ६८ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

बैंकले उपलब्ध गराएको सहयोग अन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई रु १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको हो।

बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

यस प्रतिकूल परिस्थितिमा बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।