कोभिड–१९ विरूद्धको लडाईंमा अन्तराष्ट्रिय सहकार्यका लागि बेइजिङ तयार: प्रवक्ता कङ

0
Shares

चीनले कोभिड–१९ को प्रकोपसँग जुझ्नेबारे अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रस्ताव जिम्मेवारी बहन गर्न तयार रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताएका छन्।

मन्त्रालयका प्रवक्ता कङ सुवाङले नियमित पत्रकार भेटमा उक्त विचार व्यक्त गरेका हुन्। उनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका हैसियतमा कोभिड–१९ को सम्भावित भिडियो सम्मेलनबारे गरिएको प्रश्नको उत्तरमा उनले चीनले आवश्यकता अनुसार जिम्मेवारी लिन तयार रहेको बताएका हुन्।

“कोभिड–१९ को प्रकोप विश्वव्यापीरूपमा फैलिइरहेका समय संयुक्त रूपमा लड्ने ऐक्यवद्धताबाट नै अन्तर्राष्ट्रिय समुदायले यस महामारीलाई पार लगाउन सक्नेछ,” उनले भने। समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यका सबै प्रस्तावप्रति चीनको सधैँ सकारात्मक धारणा रहेको उनले बताए।

“सम्मेलन सही समयमा हुन लागेको छ। हामीलाई विश्वास छ विश्व समुदायले कोरोनाभाइरस सङ्क्रमण विरूद्ध विश्वव्यापी लडाईंमा सहयोगका लागि ऐक्यवद्धता व्यक्त गर्नेछ,” कङले बताए। चीनले सबै सम्वद्ध पक्षसँग यसबारे सूचना आदानप्रदान गर्न चाहन्छ,” उनले भनेका छन्।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  ०९ : ०३ बजे