भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २३ हजार नाघ्यो, ७२१ को मृत्यु

0
Shares

भारतमा पछिल्लो समय थपिएका ३८ नयाँ कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै शुक्रबार भारतका विभिन्न स्थानहरुम गरि कूल २३ हजार ७७ जनामा कोभिड १९ को संक्रमण भएको जनाइएको छ ।

शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमित भई उपचाररत रहेकाहरूको संख्या १७ हजार ३४४ जना रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार भारतभर हालसम्म मृत्यु हुनेको संख्या ७२१ जना रहेको छ । भारतमा देखिएका यी संक्रमितहरूमध्ये ५ हजार १२ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ६ हजार ४३० जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २८३ जनाको निधन भएको छ भने ८४० जना उपचारपछि घर फर्किएका छन्।

महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रमा देखिएको छ । कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा २ हजार ३७६ र गुजरातमा २ हजार ४२४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थानमा १ हजार ९६४ जना, तामिलनाडू मा १ हजार ६८३ जना, र मध्यप्रदेशमा १ हजार ६९९ जना कोरोना संक्रमित रहेका जनाइएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोविड–१९) को संक्रमण रोक्नको बन्दाबन्दीलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेका २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  ०९ : ४० बजे