कोरोना अपडेटः विश्वभर एक लाख ९१ हजारको मृत्यु, २७ लाख बढी संक्रमित

0
Shares

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजार ७४ जनाको मृत्यु भएको छ भने २७ लाख २६ हजार व्यक्ति संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी ५० हजार २४३ जनाको मृत्यु भएको छ। एशियाली राष्ट्रहरुको तुलनामा युरोपेली मुलुकहरुमा मृतकको संख्या उच्च रहेको छ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ५४९ जना, स्पेनमा २२ हजार १५७ जना, फ्रान्समा २१ हजार ८५६, बेलायतमा १८ हजार ७३८ जना, बेल्जियममा ६ हजार ४९० जना, जर्मनीमा ५ हजार ५७५ जना, नेदरल्यान्ड्समा ४ हजार १७७ जना, स्वीडेनमा २ हजार २१ जना, स्वीट्जरल्यान्डमा १ हजार ५४९ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ४८१, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ३३१ जना, मेक्सिकोमा १ हजार ६९ जना, भारतमा ७२२, इन्डोनेसियामा ६४७ जना, इक्वेडरमा ५६० जना र रसियामा ५५५ जनाको मृत्यु भएको छ ।

संक्रमणको आधारमा स्पेनमा २ लाख १३ हजार, इटाली १ लाख ८९ हजार, फ्रान्स १ लाखद ५८ हजार, जर्मनी १ लाख ५३ हजार, बेलायत १ लाख ३८ हजार र टर्कीमा १ लाख १ हजार बढीमा कोभिड १९ संक्रमण फैलिएको छ।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  १२ : ०२ बजे