शिखर इन्स्योरेन्सले जुम्लामा शुरु गर्यो कोभिड–१९ विशेष बीमा कार्यक्रम

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिए ।

व्यक्तिले आफ्नो र परिवारका सदस्यको बीमा गर्न सक्ने छन् । परिवारको बीमा गर्दा सम्पूर्ण सदस्यको बीमा शुल्क तिर्नुपर्ने छ । उनले भने, “बीमा गर्नुपर्ने व्यक्तिको उमेर तीन महिनादेखि ९९ वर्ष हुनुपर्ने प्रावधान रहेको छ ।” यसमा कुनै सङ्घसंस्थाले पनि आफ्ना कर्मचारीको बीमा गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

एक लाख रकमको बीमा गरेमा बीमा गर्ने सदस्यले एक हजार र प्रतिसदस्य थपिँदै गएपछि प्रतिसदस्य ६०० लाग्नेछ । ५० हजारको बीमा गरेमा ५०० बीमाङ्क शुल्क लाग्नेछ भने अरु सदस्य ९घरपरिवार० थपिएपछि प्रतिव्यक्ति रु ३०० थप रकम लाग्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

संस्थागत रुपमा समूहगत कर्मचारीको बीमा गरेमा पनि एक लाख रकम बीमाको एकजना कर्मचारीको एक हजार बीमा शुल्क तिर्नुपर्ने छ भने अन्य कर्मचारी थपिँदै गएपछि प्रतिकर्मचारी ६०० बीमा शुल्क लाग्ने प्रावधान रहेको छ । ५० हजारको बीमा गरेमा एक कर्मचारी पाँच र कर्मचारी थप भएपछि प्रतिव्यक्ति  ३०० का दरले बीमा शुल्क थपिने व्यवस्था रहेको छ । एउटा घरपरिवार वा सङ्घसंस्थाले ६ जनाभन्दा बढीको बीमा गर्न नपाइने व्यवस्था रहेको बीमा कम्पनीले जनाएको छ ।

कोरोना रोग बीमा गर्ने व्यक्ति तथा सङ्घसंस्थाले बीमाको प्रस्ताव तथा ग्राहक पहिचान फाराम भरेर बीमा कम्पनीलाई बुझाउनु पर्नेछ । भरेका फाराम बीमा कम्पनीको कार्यालय बुझाउन पनि सकिने व्यवस्था गरिएको छ भने अनलाइन फाराम डाउनलोड गरी भरेर फ्याक्स, इमेलबाट पनि पठाउने व्यवस्था गरिएको बीमा कम्पनीले जनाएको छ । बीमाका लागि तिर्नुपर्ने बीमा शुल्क अनलाइनबाट कम्पनीको नजिकैको बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: १२ वैशाख २०७७, शुक्रबार  १६ : ५० बजे