सानिमा जनरल इन्स्योरेन्सले अगाडि बढायो आईपीओ निष्कासन प्रक्रिया

0
Shares

सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपिओ जारी गरेर बीमा समितिले तोके बमोजिमको चुक्तापूँजी कायम गराउने भएको छ।

सानिमा इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री गर्नेछ । जसका लागि कम्पनीले आईपीओ रेटिङ्ग गराएको छ।

उक्त कम्पनीको आर्ईपीओलाई केयर रेटिङ्ग नेपालले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने केयर एनपी बीबी प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीले यस अघिनै आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिसकेको छ ।

गत माघ २४ गते सम्पन्न कम्पनीको वार्षिक साधारणले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले संस्थापकहरुबाट ७० करोड चुक्तापूँजी कायम गरिसकेको छ । सर्वसाधारणलाई ३० करोड बराबरको आईपीओ विक्री गरेपछि कम्पनीको चुक्तापूँजी एक अर्ब पुग्नेछ।