नेपालमा कोरोना संक्रमित ४९ पुग्यो, झापाका ६२ बर्षका पुरुषमा पुष्टि

0
Shares

विश्वभर फैलिएको कोभिड १९ को महामारीबाट नेपालमा संक्रमित हुनेको संख्या शुक्रबार बेलुकासम्ममा ४९ पुगेको छ। झापाका ६२ बर्षका पुरुषमा शुक्रबार कोभिड १९ संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता, डा. समिरकुमार अधिकारीका अनुसार बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको पीसीआर परिक्षण अनुसार झापा निवासी ६२ बर्षका पुरुषमा संक्रमण नतिजा पोजेटिभ आएको हो।

संक्रमित उक्त व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ। 

हालसम्म संक्रमित ४९ मध्ये १० जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३९ जनाको विभिन्न अस्पलामा उपचार भैरहेको छ ।