उत्तर कोरियाली शासक किम अब सत्तामा फर्कने छैनन्

0
Shares

उत्तर कोरियाली नेता किमको निधन भएको अपुष्ट समाचार बाहिरिएको छ। यो समाचार विश्वका विभिन्न अग्रणी सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन्।

हङकङको एक लोकप्रिय टेलिभिजन च्यानल HKSTV  ले विश्वस्त सूत्रहरूलाई उदृत गर्दै समाचार सार्वजनिक गरेपछि यसले विश्व आकार लिएको हो।यद्यपि, यसको औपचारिक रूपमा पुष्टी भने भैसकेको छैन।

यतिबेला चिनिया कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यको नेतृत्वमा एक विशेषज्ञ चिनियाँ चिकित्सक टोली प्योङयाङमा छ। किमको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि प्योङयाङ पुगेको चिनियाँ चिकित्सक टोलीले उनको स्वास्थ्य अवस्थाको बारेमा केही बताएको छैन।

केही समयदेखि उनी कोमामा गएको र गम्भीर अवस्थामा उपचार भैरहेको समाचारहरू सार्वजनिक भैरहेका थिए। दक्षिण कोरियाली गुप्तचर विभागले यो समाचार बाहिर ल्याएको थियो । त्यही आधारमा अमेरिकी गुप्तचर संस्था सीआईएले पनि यसबारेमा सूचना चुहाएको थियो ।

तर, राष्ट्रपति ट्रम्पले भने ह्वाइट हाउसको कोरोना ब्रिफिङका क्रममा सोधिएको एक प्रश्नको उत्तरमा यो सीएनएनको फेक न्युज भन्दै किम चाँडै नै सार्वजनिक हुने बताएका थिए। उनले किम स्वस्थ र जिवितै रहेको बताउँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका थिए।

उता, भारतीय सञ्चार माध्यमले त केही दिनयता लगातार रूपमा उनको मृत्यु भैसकेको र सत्ता व्यवस्थापनका लागि मात्र औपचारिक रूपमा घोषणा नगरिएको भनेर समाचार सम्प्रेषण गरिरहेका छन् ।

किमको मृत्यु नै भैसकेको भन्न गाह्रो भए पनि उनको अवस्था चिन्ताजनक भएको र निको हुने सम्भावना लगभग सकिएको अनुमान गरिदैछ। दक्षिण कोरियाली गुप्तचर विभागका एक अधिकारीले त भनी नै सके, ‘अब किम सत्तामा फर्कने छैनन्।’

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतबार  ०७ : ४९ बजे