वीरगञ्जमा थप २ मा कोरोना संक्रमण पुष्टि, कूल संक्रमित संख्या ५१ पुग्यो

0
Shares

आइतबार वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कोभिड १९ बाट संक्रमण हुनेहरुको संख्या ५१ पुगेको छ भने १२ जना उपचारपछि घर फकिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा वीरगञ्ज निवासी ५० वर्षिया दुई पुरुषमा संक्रमण नतिजा पोटेटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमित एक पुरुष वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ र अर्का वडा नम्बर १६ का पुरुष हुन्। संक्रमणको पुष्टि भएका दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा वार्डमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतबार  १३ : ०८ बजे