वीरगञ्‍जमा थप दुईजना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५१ पुग्यो

0
Shares

पर्साको वीरगञ्‍जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्‍जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो। वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवैजना वीरगञ्‍ज निवासी  हुन्।

उनीहरुलई हाल वीरगञ्‍जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारीले बताए। उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको छ।

यसैबीच वीरगञ्‍जकै कोरोना विशेष अस्पतालमा उपचाररत चारजना आजै डिस्चार्ज हुँदैछन्। डिस्चार्ज हुनेमा तीनजना भारतीय जमाती हुन् भने एकजना नेपाली युवक रहेका छन्।

 

 

 

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतबार  १३ : ०५ बजे