हालसम्म ५१ हजार ३६७ वटा नमुना परीक्षण सम्पन्न, कुन प्रदेशमा कति ?

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले शनिबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ५१ हजार ३६७ वटा परीक्षण भैसकेको जनाएको छ।

यसरी परिक्षण भएमध्ये पीसीआर विधिबाट कूल ९ हजार ९३१ वटा र आरडिटी विधिबाट कूल ४१ हजार ४३६ वटा परीक्षण भएका हुन्। गत २४ घण्टामा २ हजार ९६ वटा नयाँ नमुना परिक्षण भएको हो।

उनले प्रदेश नम्बर १ मा आरडिटी विधिबाट ४ हजार ३०८ वटा परिक्षण भएका छन्। यसैगरि प्रदेश नम्बर २ मा ५ हजार १४१ वटा, वाग्मती प्रदेशमा ७ हजार ५९१ वटा, गण्डकी प्रदेशमा ४ हजार ९२४ वटा, प्रदेश नम्बर ५ मा ३ हजार ३२६ वटा, कर्णाली प्रदेशमा ४ हजार ९७४ वटा र सुदूर पश्चिम प्रदेशमा ११ हजार १७२ वटा आरडिटी विधिबाट परीक्षण भैसकेको बताए।

संक्रमितहरुको संख्या ५१ रहेको र हालसम्म १६ जना उपचारपछि निको भई घर फर्किसकेको र ३५ जना उपचाररत रहेको प्रवक्ताले बताए।

मन्त्रालयले कोभिड १९ को जानकारी दिने उदेश्यले स्थापना गरेको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा २ हजार ७१ वटा जिज्ञासा सामाधान गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टरबाट समस्या समाधान गर्दै आएका छन्। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतबार  १७ : १६ बजे