असारसम्मको ब्याज भुत्तानीमा राष्ट्र बैंकले सहुलियत दिने , पुनरकर्जा कोष वृद्धि गरिने

0
Shares

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न भएको छ ।

चैतमा किस्ता बुझाउनेलाई १० प्रतिशत ब्याजमा सहुलियत दिएको केन्द्रीय बैंकले आगामी असार मसान्तसम्म ब्याजमा सहुलियत दिने जानकारी गराएको हो । यद्यपी ब्याजमा कति सहुलियत दिने भने खुलाइएको छैन ।

राष्ट्र बैंकका ६५ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले ब्याजमा सहुलियत दिन आवश्यक व्यवस्था मिलाइने घोषणा गरेका हुन । यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने
व्यवस्था मिलाइने भएको उनले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने उनले बताए ।

साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिने भएको छ ।

६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने केन्द्रीय बैंकले जानकारी दिएका छन ।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिने बताइएको छ । कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने बताइएको छ ।