लकडाउन १० दिन थप, बैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निणर्य

0
Shares

सरकारले लकडाउन १० दिन थप गरेको छ।

आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । लकडाउन थपिएको यो चौथोपटक हो। 

गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन बैशाख १५ गते भोलि सकिदैछ । लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो।

शुक्रबार बसेको कोरोना नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको बैठकले आन्तरिक र बाह्य हवाई उडान भने जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यसअघि शनिबार बसेको समितिको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो। उच्चस्तरीय समितिले बनाएको कार्यदलले एक हप्ता लकडाउन थप गर्न र लकडाउन केही खुकुलो बनाउन सिफरिस गरेको थियो।

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतबार  १९ : २७ बजे