आईसिएफसि फाइनान्सकोे लकडाउनकै बीचमा यस्तो आयो वित्तीय विवरण

0
Shares

आईसिएफसि (ICFC) फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मिश्रित वित्तीय विवरण सार्वजनिक गरेको छ। 

तेस्रो त्रैमाससम्ममा फाइनान्सले १० करोड ७३ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। फाइनान्सको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२ लाख रुपैयाँ अर्थात २.०२ प्रतिशत कम हो। लकडाउनको प्रभाव कम्पनीमा पर्दा गत वर्षको तुलनामा नाफा घटेको हो।

गत आवमा फाइनान्सले १० करोड ९५ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी बढेपनि कम्पनीको सञ्चालन मुनाफा घटेसँगै फाइनान्सको नाफामा कमी देखिएको हो।

चैत मसान्तसम्ममा फाइनान्सले ३२ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ५ करोड बढी हो। गत आवमा फाइनान्सले २६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। गत चैत ११ गतेदेखि लकडाउन सुरु भएकाले पनि कम्पनीको व्यवसायमा असर देखिएको हो।

यस अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ३४ लाखले घटेको छ । कम्पनीले चैतसम्म १५ करोड २९ लाख रुपैयाँ संचालन नाफा गरेको छ। गत वर्षको यसै अवधिमा फाइनान्सको यस्तो मुनाफा १५ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

९२ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले जगेडा कोषमा २७ करोड २९ लाख तथा रिटेन्ड अर्निङमा ११ करोड ७७ लाख छ । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट ५ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

यस अवधिमा फाइनान्सले ११ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी संस्थागत सहित ९ अर्ब ७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।

फाइनान्सको निष्क्रिय कर्जा अनुपात ०.६५ प्रतिशत रहेको छ। यसैगरी, कोषको लागत ९.२९ प्रतिशत, आधारदर १०.९० प्रतिशत, स्प्रेडदर ४.९० प्रतिशत रहेको छ। प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.९४ गुणा रहेको छ।

फाइनान्सले गत फागुन १३ गतेदेखि वार्षिक १२ प्रतिशत ब्याजदरमा २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो।