कोरोना संक्रमित अर्थतन्त्र पुनरुत्थानका लागि चेम्बरले दियो १७ सुझाब

0
Shares

नेपाल चेम्बर अफ कर्मशले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) बाट पर्यटन तथा समग्र अर्थतन्त्रलाई जोगाउन सरकारलाई सत्र बुँदे सुझाब पेश गरेको छ ।

चेम्बरले पर्यटनमन्त्री योगेश भट्टराईलाई उक्त सुझाब पत्र बुझाएको हो। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरानाका कारण उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य,शिक्षा लगायतका क्षेत्रमा अत्यन्तै प्रतिकुल प्रभाव पारेको जानकारी गराउँदै पर्यटन पर्यटन संग आवद्ध क्षेत्रको पुनरुत्थानको लागि सुझाब बुझाएका हुन्।

पर्यटन प्रवद्र्धन तर्फ: 

१.आन्तरिक पर्यटन तर्फ कोरोनाको प्रभावकमहुने वित्तिकै अघि बढाउनु आवश्यक छ र यसकालागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामतीतथा संगठित संस्थाका कर्मचारीहरु र आम नागरिकहरुलाई प्रोत्साहन प्याकेज सहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरु मार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेे वातावरण बनाउनु पर्छ ।

२. हालचीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुंदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका बिभिन्न शहरबाट पर्यटक भित्राउने तर्फ सरकारी स्तरमै पहलगरिनु पर्ने ।

३. नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सहरुले चीनको बिभिन्नशहरबाट प्रतिस्पद्र्धी प्याकेजमापर्यटकहरु भित्राउने तर्फ पहलगरिनु पर्ने ।

४. पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनिऋयकत तय ऋयकत दबकष्कमाहोटल लगायतअन्यपर्यटकीय सुबिधाप्रदानगर्न सुनिश्चितताप्रदानगर्ने गरी अधिकतमपर्यटक ल्याउने गरी तयारी गरिनु पर्छ ।

५. पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखिअनिवार्य गर्ने तथा कडाइका साथअनुगमन समेत गर्ने । हवाईजहाज, बस, कार सहितबास बस्ने स्थानहोटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथाविमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, ¥याफ्टिङ– बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्तीसफारी लगायतकापर्यटकीय क्षेत्र र साधनमानियमित रुपले डिसइन्फेक्ट गर्नुपर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने ।

६. सबैभन्दा बढी प्रभावितहोटल तथा एयरलाइन्सहरुलाई वित्तीयप्याकेज मार्फत उद्धार गरिनु पर्ने । ऋण, ऋणको ग्यारेण्टी, ऋयचउयचबतभ द्ययलम मा सरकार वा राष्ट्र वैंकबाट टेवादिनु पर्ने । कर छुट तथा एयरपोर्ट चार्ज लगायतमा सुविधासहितवित्तीय सहयोग प्रदानगर्नु पर्ने ।

७. भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने । यसले पर्यटन रिभाइवलको योजनातथाकार्यक्रमबनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्यनिकायहरूका लागिथिंक ट्यांकको कामगर्ने र अन्यमुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वयगर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’कालागिविशेष कार्यक्रमहरू बनाइकार्यान्वयनगर्ने र छिटोभन्दा छिटो पर्यटन पुनरुत्थानगर्नका लागि सक्रियभूमिका खेल्ने ।

८. कोरोना भाइरसको प्रकोपको कारण पूर्वीय संस्कृतिवारे खास गरेर योग लगायतका सम्वन्धमा पश्चिमीमुलुकमा धेरैनै चासो बढेको र नेपाल सांस्कृतिकतथाधार्मिक कारणले नेपालको आफ्नै गरिमाभएको हुंदायसको प्रवद्र्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनु पर्ने ।

९. मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजम लगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउने ।

हवाइ सेवातर्फ:

१. ICAO तथाअन्यमुलुककाहवाइ सेवाप्रदायकसंग सम्पर्क गरी वायुसेवा उडान कहिले देखि सुरक्षित रुपमा संचालनगर्न सकिने सो वारेमा छलफल गरी नेपालवायुसेवानिगमलाइ समेत संचालनगर्न पाइलाचाल्नु पर्ने ।

२. पर्यटक चाप घटेको यो बेलामापर्यटन पूर्वाधारको निर्माणलाई तिव्रता दिइनुपर्छ । राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थलनिर्माणलाई तिव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौंदर्यीकरण, अन्यविमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतकाकामयही बेलागर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथाभविष्यकालागिपनि राम्रो तयारी गर्न सकिन्छ । निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहन मूलक प्याकेज ल्याउन सकिने ।

३. हवाइउड्डयनतर्फ ऋण दिनबित्तिय संस्थाहिच्किचाउने हुंदा ऋण, ऋणको ग्यारेण्टी, ऋयचउयचबतभ द्ययलम मा सरकार वा राष्ट्र वैंकबाट टेवादिनु पर्ने । त्बह छुट छुट लगायतबित्तिय सहयोग प्रदानगर्नु पर्ने । साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइ भाडा दर पनि घटाइनु पर्ने ।

४. अहिलेको बिषम परिस्थितिमाहवाइयात्रुहरुको डिपार्चर अगाडी अनिवार्य रुपमा कोरोना परिक्षण गरिएको हुनु पर्ने ।

५.हालसिमित पाटपूर्जामामात्रदिईंदै आईएको मू.अ.क. छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमाउपलब्धहुनुपर्ने ।

६. देशमापुनर्विमाको सुविधानगन्यमात्रउपलब्धभएकोले हवाई विमामालगाउँदै आईएको मू.अ.क. र अग्रिम कर
छुट हुनुपर्ने । साथै हालको परिस्थितिमाकम्तिमा न्चयगलमभम जहाजको विमाको संपूर्ण व्यवस्था नेपालपुनर्विमा कम्पनीबाट सहुलियत दरमाहुनुपर्ने ।

७. नेपालआयलनिगमले हालमाग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्थागरी हाललिएको नगद
धरौटीफिर्ता गर्ने व्यवस्थाहुनुपर्ने ।

८. नेपालनागरिक उड्डयनप्राधिकरणले लिन Landing, Parking, Navigation, Counter Rent लगायत विभिद RentnufotljlebRenewal z’Ns Grounded जहाजको Grounded अवधिभर शुन्य र अन्यको आन्तरीक हवाई सेवा स्थगित रहेको अवधिभरलाई मिनाहागर्नुपर्ने ।

राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थलको विशेष संरक्षण गर्नुपर्ने । अन्तमा नेपालमा प्राकृतिक रुपमा प्रदत्त पर्यटकीय गन्तव्य स्थलहरु प्रसस्त भएकाले अहिलेको परिस्थितिमा चुनौति भएतापनि दीर्घकालीन दृष्टिकोणले निराशाजनक छैन । तर हामीले उपयुक्त कार्यक्रमहरु उद्धेश्य मूलक ढंगले निष्पक्षता र दीर्घकालीन सोच सहित प्रतिवद्ध भएमा यस बिषम परिस्थितिबाट पर्यटन व्यवसायलाइ अवश्यै राहत मिल्ने छ । चेम्बरले आफ्नो सुझाब पत्रमा उल्लेख गरेको छ।