हालसम्म ५३ हजार ५३४ परीक्षण सम्पन्न हुँदा कुन प्रदेशमा कति भयो ?

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ५३ हजार ५३४ वटा परीक्षण भैसकेको जनाएको छ।

यसरी परिक्षण भएमध्ये पीसीआर विधिबाट कूल १० हजार ४७१ वटा र आरडिटी विधिबाट कूल ४३ हजार ६३ वटा परीक्षण भएका हुन्। गत २४ घण्टामा २ हजार १८४ वटा नयाँ नमुना परिक्षण भएको हो।

उनले सुदूर पश्चिम प्रदेशमा सबैभन्दा धेरै ११ हजार ९६१ वटा आरडिटी विधिबाट परीक्षण भैसकेको र प्रदेश नम्बर ५ मा ३ हजार ४७१ वटा (सबैभन्दा कम) आरडिटी परीक्षण भएको जानकारी दिए।

हालसम्म प्रदेश नम्बर १ मा आरडिटी विधिबाट ४ हजार ५४५ वटा र प्रदेश नम्बर २ मा ५ हजार २०८ वटा परिक्षण भएका छन्। यसैगरि वाग्मती प्रदेशमा ७ हजार ६२६ वटा, गण्डकी प्रदेशमा ४ हजार ९२४ वटा,र कर्णाली प्रदेशमा ५ हजार १२८ वटा आरडिटी परीक्षण सम्पन्न भएको छ।

कोभिड १९ बाट संक्रमितहरुको कूल संख्या ५२ रहेको र हालसम्म १६ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ३५ जना उपचाररत रहेको प्रवक्ताले बताए।

मन्त्रालयले कोभिड १९ को जानकारी दिने उदेश्यले स्थापना गरेको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा २ हजार ११९ वटा जिज्ञासा सामाधान गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टरबाट समस्या समाधान गर्दै आएका छन्। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।

प्रकाशित मिति: १५ वैशाख २०७७, सोमबार  १६ : ३४ बजे