मूलुकभर २० हजार १९५ जना क्वारिन्टाइनमा, आइसोलेसनमा १०६ र रेडजोनमा ३०४ जना

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म मूलुकभर २० हजार १९५ जनालाई क्वारिन्टाइनमा राखिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा वाग्मती प्रदेशमा सबैभन्दा कम २३० जना क्वारिन्टाइनमा रहेका छन् र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ११ हजार २०२ जना रहेका छन्।

यस्तै प्रदेश नम्बर १ मा १ हजार ९५६ जना, प्रदेश नम्बर २ मा १ हजार ४८९ जना, गण्डकी प्रदेशमा ५५४ जना, कर्णाली प्रदेशमा ३ हजार १२५ र सुदूर पश्चिम प्रदेशमा १ हजार ६३९ जना गरि कूल २० हजार १९५ जना क्वारिन्टाइनमा रहेका छन्।

यसैगरि हालसम्म सम्भावित संक्रमित हुनसक्ने आशंकामा १०६ जना आइसोलेसनमा राखिएकोमा छ। जसमध्ये काठमाण्डौं उपत्यकामा ८ जना र ९८ जना उपत्यकाका बाहिर रहेका छन्।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या गत २४ घण्टामा ७४१ जना रहेको छ। यसरी कूल २७ हजार ५४२ जनाले आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गराएका छन्।

गत २४ घण्टामा जनाथप ८ वटा गरि कूल ३०४ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको एप्लिकेशन ७८ हजार ८५० पटक डाउनलोड भएको छ भने वेवसाइटमा ८ लाख १८ हजार बढीले हालसम्म भिजिट गरेका छन्। मन्त्रालयको एप्लिकेशन र वेवसाइट मार्फत स्वमूल्याङ्कन बाहेक विश्व र नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या हेर्न सकिन्छ। आफ्नो वरिपरि र विदेशबाट फर्किएकाहरुको जानकारी लिन सकिन्छ र कोभिड १९ का बारेमा जनचेतनामूलक सामागैीहरु हेर्न पठ्न र सुन्न सकिन्छ।

यसैगरि आफ्नो नजिकमा रहेका कोभिड १९ का लागि अस्पतालहरु, प्रयोगशालाहरुको म्याप पनि हेर्न सकिन्छ।

प्रकाशित मिति: १५ वैशाख २०७७, सोमबार  १७ : ०१ बजे