भारतबाट चोरबाटो हुँदै नेपाल छिरेका दुई जनामा कोरोना संक्रमणको पुष्टि

0
Shares

मंगलबार रौतहटमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतबाट चोरबाटो हुँदै नेपाल छिरेका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

रौतहटको वृन्दावन नगरपालिका र देवाही गानही नगरपालिकामा दुई युवाहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ। उनीहरु २४ वर्ष र ३५ वर्षको रहेको स्रोतले जनाएको छ।

कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो।

प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६ वैशाख २०७७, मंगलबार  १२ : ०३ बजे