हालसम्म ५४ हजार ८२६ वटा कोरोना परीक्षण सम्पन्न हुँदा कूल ५४ जनामा संक्रमण पुष्टि

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ५४ हजार ८२६ वटा परीक्षण भैसकेको जनाएको छ।

यसरी परिक्षण भएमध्ये पीसीआर विधिबाट कूल १० हजार ८०७ वटा र आरडिटी विधिबाट कूल ४४ हजार १९ वटा परीक्षण भएका हुन्। गत २४ घण्टामा १ हजार १९३ वटा नयाँ नमुना परिक्षण भएको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोभिड १९ बाट संक्रमितहरुको कूल संख्या ५४ पुगेको जानकारी दिए।

मंगलबार रौतहटका २४ वर्षिया र ३५ वर्षिया दुइं पुरुषहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ। दुबै संक्रमितलाइ अस्पताल लगिँदै गरिएको उनले जानकारी दिए।

हालसम्म १६ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ३८ जना उपचाररत रहेको प्रवक्ताले बताए। संक्रमितमध्ये धनगढीमा १, बीरगञ्जमा ५, भरतपुरमा १ र वीराटनगरामा ३१ जना उपचाररत रहेका छन्। सबै संक्रमितको स्वास्थस्थिति सामान्य रहेको छ।

प्रवक्ता देवकोटाले  सुदूर पश्चिम प्रदेशमा सबैभन्दा धेरै १२ हजार२८३ वटा आरडिटी विधिबाट परीक्षण भैसकेको र प्रदेश नम्बर १ मा ४ हजार ८२८ वटा (सबैभन्दा कम) आरडिटी परीक्षण भएको जानकारी दिए।

हालसम्म आरडिटी विधिबाट प्रदेश नम्बर २ मा ५ हजार २४९ वटा परिक्षण भएका छन्। यसैगरि वाग्मती प्रदेशमा ८ हजार १४ वटा, गण्डकी प्रदेशमा ४ हजार ९३६ वटा, प्रदेश नम्बर पाँचमा ५ हजार ३२८ वटा र कर्णाली प्रदेशमा ५ हजार १८१ वटा आरडिटी परीक्षण सम्पन्न भएको छ।

मन्त्रालयले कोभिड १९ को जानकारी दिने उदेश्यले स्थापना गरेको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा २ हजार ३० वटा जिज्ञासाको चिकित्सकहरुबाट सामाधान (जवाफ) गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टरबाट समस्या समाधान गर्दै आएका छन्। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।