बहराइनमा एकै दिन ७७ नेपालीमा कोरोना संक्रमण भेटियो

0
Shares

बहराइनमा एकैदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमित ७७ जना नेपाली भेटिएका छन्।

बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण भेटिएको जनाएको छ।

योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ । उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको दूतावासले जनाएको छ।

बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १७ वैशाख २०७७, बुधबार  ०८ : १७ बजे