विदामा आएका नेपाली श्रमिकलाई कोरिया फर्काउने तयारी सुरु

0
Shares

नेपाल सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरिया गएर विदामा आएका नेपाली श्रमिकलाई फर्किन दिने भएको छ। वैदेशिक रोजगार विभागले श्रमिकलाई कोरिया फर्काउने प्रारम्भिक तयारी सुरु गरिसकेको छ।

वैशाख १४ गते बसेको मन्त्रिस्तरीय बैठकको निणर्यअनुसार सरकारले उनीहरुलाई दक्षिण कोरिया फर्किन व्यवस्थापन मिलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए। व्यवस्थापनको जिम्मा वैदेशिक रोजगार विभागलाई दिइएको उनले बताए।

वैदेशिक रोजगार विभागले श्रमिकलाई कोरिया फर्काउने प्रारम्भिक तयारी सुरु गरिसकेको छ ।

श्रमिकहरुको स्वास्थय जाँच गरेर मात्र कोरिया पठाइनेछ भने त्याहाँ पुगिसकेपछि नेपाली श्रमिक अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने विभागले जनाएको छ।

कोरियाको भिसा रहेका बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउन वैशाख १४ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले पनि मन्त्रीस्तरीय निर्णय गरेको छ ।

नेपाल आएका र फेरि जान चाहेका कामदारलाई विमान चार्टर गरी पठाउन लागिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिएका छन् । कोरिया जान चाहेका नेपालीहरुले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क गर्नुपर्ने प्रवक्ता घिमिरेको भनाई छ ।

कोरिया जाने नेपाली बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरियाको सियोल जाने भएको छ । बिदामा नेपाल आएका र भिसा लागेर पनि जान नपाएहरुलाई लिएर निगमको ए३३० जहाज सियोल जाने भएको हो ।