विश्वभरका ३२ लाख बढीमा कोरोना संक्रमण,१० लाख निको हुँदा २ लाख २८ हजारको मुत्यु

0
Shares

विश्व भरकाका विभिन्न देशमा ३२ लाख २० हजार जनाभन्दा धेरैमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको भएको छ।

दुई सय १० देशमा भाइरस फैलिँदा ३२ लाख २० हजार जनाभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो। जसमा १० लाख ३०३ जना निको भएको वल्डोमिटरले जनाएको छ।

त्यस्तै संक्रमितमध्ये १९ लाख ९२ हजारको उपचार चलिरहेको छ। उपचार गराइरहेकामध्ये करिब ६० हजार अर्थात ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको रहेको छ। अहिलेसम्म कोरोनाबाट दुई लाख २८ हजार २ सय भन्दा धेरैले ज्यान गुमाएका छन्।

गएको २४ घण्टामा विभिन्न देशमा साढे ६ हजारभन्दा धेरैको ज्यान गएको छ। ज्यान गुमाउने र संक्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ।

अमेरिकामा गएको २४ घण्टामा मात्रै २३ सयभन्दा धेरैको ज्यान गएको छ। अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या साढे ६१ हजार पुगिसकेको छ। यस्तै १० लाख ६४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

यता इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ। यस्तै भारतमा एक हजारभन्दा धेरैको ज्यान गएको छ। यहाँ ३३ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ।