भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु

0
Shares

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ६२ पुगेको बिहीबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

गएको २४ घन्टा यता भारतमा एक हजार ७३८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन। उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ७१ जना रहेको छ । भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ४३७ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार हाल यहाँ २३ हजार ५४६ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ९ हजार ९१५ जना पुगेको छ भने ४३२ जनाले ज्यान गुमाएको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १९७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा ३ हजार ४३९ कोरोना भाइरस सक्रमित रहेका छन् भने ५६ जनाको मृत्यु भएको छ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको मध्यप्रदेशमा १२९ जना, राजस्थानमा ५१, तमिलनाडू २७, उत्तरप्रदेश ३९ जनाको ज्यान गएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनलाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेका २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए।

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  १३ : ५० बजे