रिहा भएलगत्तै फेरि पक्राउ परे अग्रवाल, सम्पत्ति शुदीकरणले छानबिन गर्ने

0
Shares

थर्मल गन कालोबजारी सम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् ।

अग्रवालाई जिल्ला अदालत काठमाडौंले आजै २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उद्योगी अग्रवाल २५ दिनको हिरासत बसाईपछि रिहा भएका थिए ।

तर उनलाई सम्पत्ति शुदीकरण विभागले अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेको छ ।विभागले आदेश दिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै सम्पत्ति शुदीकरण विभागले अनुसन्धान सुरु गर्ने भएको छ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए। तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

थर्मल गन कालोबजारी गर्ने सुलभ अग्रवाल साढे २५ लाख धरौटीमा रिहा

उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो । सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिवाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो । उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो।

चीनबाट १२ सय थान गन ल्याएको अनुसन्धानका क्रममा भेटिए पनि प्रहरीले अग्रवालले १४५ थान मात्रै थर्मल गन कालोबजारी गरेको बेचेको पुष्टि गरेको थियो ।

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  १६ : ५३ बजे