विदेशका विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर बिनै’ असारसम्म पैसा पठाउन सकिने

0
Shares

कोरोना भाइरसको संत्रलमण तत्काल समाधान उन्मूख नभएपछि विदेशमा रहेको नेपाली विद्यार्थीका लागि पनि आगामी असारसम्ममा नेपालबाट पैसा पठाउन सकिने व्यवस्था गरेको छ ।

विद्याथीहरुलाई दैनिक खर्च पठाउँदा नो अब्जेक्सन लेटरको समेत आवश्यक नपर्ने गरी पठाउन सकिने व्यवस्था सरकारले गरेको हो ।

सरकारले आगामी असारसम्ममा विदेशमा रहेका विद्याथीका लागि न्यूनतम खर्च पठाउनका लागि नो अब्जेक्सन लेटर आवश्यक नहुने व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमण अझै पनि नियन्त्रण आइनसकेपछि विदेशमा रहेको नेपाली विद्याथीलाइ सहज होस् भनेर सरकारले आगामी असासरम्म नेपालबाट विदेशी मुद्रा पठाउन सकिने व्यवस्था गरेको हो।

यसभन्दा अघि विदेशमा रहेको विद्यार्थी विना नो अब्जेक्सन लेटर नेपालमा रहेका अभिभावकले विदेशी मुद्रा पठाउन सक्ने भएपनि कहिसम्मका लागि भनेर तोकिएको थिएन। विदेशमा अध्ययनरत विद्याथीलाई नेपालबाट अध्ययन खर्चका लागि ५ सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर बिना नै पठाउन सकिने व्यवस्था गरेको थियो।

नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाली विद्यार्थीको निर्वाह शुल्क बापतको रकम पठाउँदा निज अध्ययन गरिहेको कागजात सहित बैंक तथा वित्तीय संस्थामा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ । विदेशमा रहेका विद्यार्थीका अभिभावकले मात्र नेपालबाट यसरी रकम पठाउन पाउने व्यवस्था छ ।

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  १९ : ३९ बजे