रुसी प्रधानमन्त्री मिशुस्तिनलाई कोरोना संक्रमण पुष्टि

0
Shares

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आफूलाई कोरोना संक्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। उनलाई भाइरसको संक्रमण देखिएपछि अहिले अस्पाताल भर्ना गरिएको छ।

गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए।

रुसमा ७ हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो । रुसमा कोरोना संक्रमितको संख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

प्रकाशित मिति: १९ वैशाख २०७७, शुक्रबार  ०७ : २८ बजे