विश्वभर ३३ लाख कोरोना संक्रमित,२ लाख ३४ हजारको मृत्यु, १० लाख निको भए

0
Shares

विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारी कारण विश्वभर अहिलेसम्म २ लाख ३४ हजार ११२ जनाको मृत्यु भईसकेको छ भने ३३ लाख ८ हजार ५०३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ४२ हजार ८७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५० हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका लागि संकट बनिरहेको कोरोना भाइरस अहिलेसम्म विश्वका २१० देशमा फैलिएको छ । महामारीबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ६३ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने १० लाख ९५ हजार २१० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १८७ जना नयाँ संक्रमित आज थपिएका छन् भने आजै त्यहाँ थप ५ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म२४ हजार ५४३ जनाको मृत्यु भएको छ भने २ लाख ३९ हजार ६३९ जनालाई संक्रमण भएको छ ।

इटालीमा कोरोना भाइरसको महामारीका कारण २७ हजार ९६७ जनाको मृत्यु भएको छ भने २ लाख ५ हजार ४६३ जनालाई संक्रमण भएको छ । त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण २६ हजार ७७१ जनाको मृत्यु भएको छ भने १ लाख ७१ हजार २५३ जनालाई संक्रमण भएको छ ।

फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ३७६ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार १७८ जनालाई संक्रमण भएको छ । त्यस्तै जर्मनीमा ६ हजार ६२३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६३ हजार ९ जनालाई संक्रमण भएको छ ।

चीनमा आज थप १२ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा योसँगै जम्मा संक्रमितको संख्या ८२ हजार ८७४ पुगेको छ भने ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् ।

छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म १ हजार १५४ जनाको मृत्यु भएको छ भने ३४ हजार ८६३ जनालाई संक्रमण भएको छ । योसँगै पाकिस्तनमा ३८५ जनाको मृत्यु भएको छ भने १६ हजार ८१७ जनालाई संक्रमण भएको छ आज मात्रै त्यहाँ ३४४ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति: १९ वैशाख २०७७, शुक्रबार  १० : १० बजे