रुपन्देही र बाँकेमा थप दुई जनामा कोरोना सङ्क्रमण, कूल संक्रमित ५९ पुगे

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार थप दुई जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको जनाएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

उनले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र अवस्था सामान्य रहेको बताए। 

नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।