भारतबाट फर्किएर क्वारेन्टाईन जाँदै गरेका वृद्धको बाटैमा मृत्यु

0
Shares

भारतबाट फर्किएर बैतडीमा क्वारेन्टाईन जाँदै गरेका वृद्धको बिहीबार मृत्यु भएको छ। बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक कृष्ण चन्दले लुहार भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका र पुर्चौडी नगरपालिकाको क्वारेन्टाइन जाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए।

लुहारको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए।

प्रकाशित मिति: २० वैशाख २०७७, शनिबार  १२ : ३७ बजे