मूलुकभर ३१९ जना कोरोना रेडजोनमा, आइसोलेसनमा ८९ र २२ हजार ९७८ जना क्वारिन्टाइनमा

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म मूलुकभर ३१९ जना कोरोना संक्रमणको रेड जोनमा परेका छन्।

गत २४ घण्टामा आफ्नो स्वास्थ्य जाँच गराएका ३०१ जनामध्ये थप ४ जना गरि गरि कूल ३१९ जना रेड जोनमा परेका हुन्। रेड जोनमा परेकाहरुलाई सम्भावित संक्रमित हुनसक्ने भएकाले स्वास्थ्य मन्त्रालयको महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको नियमित प्रेस ब्रिफिङका अनुसार कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या गत २४ घण्टामा ३०१ जना रहेको छ। यसरी कूल २९ हजार ६८५ जनाले आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गराएका छन्।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्।

देशभरी हालसम्म सम्भावित कोभिड १९ को संक्रमित हुनसक्ने आशंकामा ८९ जना आइसोलेसनमा राखिएकोमा छ। जसमध्ये काठमाण्डौं उपत्यकामा ४ जना र ८५ जना काठमाण्डौं उपत्यकाका बाहिर रहेका छन्।

यस्तै सातै प्रदेशमा गरि आजसम्म कूल २२ हजार ९७८ जनालाई क्वारिन्टाइनमा राखिएको जनाएको छ। वाग्मती प्रदेशमा सबैभन्दा कम ५११ जना क्वारिन्टाइनमा रहेका छन् र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ११ हजार ३०४ जना रहेका छन्।

यस्तै प्रदेश नम्बर १ मा २ हजार ८६५ जना, प्रदेश नम्बर २ मा १ हजार ३९१ जना, गण्डकी प्रदेशमा ६३२ जना, कर्णाली प्रदेशमा ३ हजार २७५ र सुदूर पश्चिम प्रदेशमा ३ हजार जना गरि कूल २२ हजार ९७८ जना क्वारिन्टाइनमा रहेका छन्।

मन्त्रालयको एप्लिकेशन ८४ हजार ८७० पटक डाउनलोड भएको छ भने वेवसाइटमा ९ लाख ७४ हजार बढीले हालसम्म भिजिट गरेका छन्। मन्त्रालयको एप्लिकेशन र वेवसाइट मार्फत स्वमूल्याङ्कन बाहेक विश्व र नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या हेर्न सकिन्छ। आफ्नो वरिपरि र विदेशबाट फर्किएकाहरुको जानकारी लिन सकिन्छ र कोभिड १९ का बारेमा जनचेतनामूलक सामाग्रीहरु हेर्न पठ्न र सुन्न सकिन्छ।

यसैगरि आफ्नो नजिकमा रहेका कोभिड १९ का लागि अस्पतालहरु, प्रयोगशालाहरुको विवरण र म्याप पनि हेर्न सकिन्छ।

प्रकाशित मिति: २० वैशाख २०७७, शनिबार  १६ : ५३ बजे