हुण्डी कारोबारमा संलग्न दुईजना २४ लाख नगद सहित पक्राउ

0
Shares

हुण्डी कारोबारमा संलग्न २ जनालाई २४ लाख २१ हजार रुपैयाँ नगद सहित प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको टंकेश्वर र कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीया रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीया सागर श्रेष्ठ रहेका छन ।

हुण्डी कारोबार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोबारमा संलग्न उनीहरुलाई नगदसहित पक्राउ गरेको हो । यससम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: २० वैशाख २०७७, शनिबार  १७ : ५६ बजे