स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो खुद नाफामा उच्च सुधार गरेको छ। गत आवको यसै अवधिको तुलनामा लघुवित्तले चैत मसान्तसम्ममा १९७.५० प्रतिशतले खुद नाफा बढाएको हो।
लघुवित्तले चैत मसान्तसम्ममा १ करोड ७९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आवको यसै अवधिमा यस्तो नाफा ६० लाख ३९ हजार थियो। चैत मसान्तसम्ममा लघुवित्तले २३ करोड ३ लाख बचत संकलन र ७० करोड ६९ लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर १ अर्ब २ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। लघुवित्तले ३५ प्रतिशत बढीले कर्जा विस्तार गरेको छ।
शतप्रतिशत बढीले खुद ब्याज आम्दानी र अन्य आम्दानी वृद्धिसँगै लघुवित्तको नाफामा सुधार आएको हो। गत आवको यसै अवधिमा २ करोड २४ लाख खुद ब्याज आम्दानी कमाएको यस लघुवित्तले हाल ४ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८४ लाख ६७ हजार रुपैयाँबाट बढेर २ करोड २२ लाख ८८ हजार पुगेको छ।
यस्तै लघुवित्तको खराब कर्जा अनुपातमा पनि वृद्धि भएको छ। चैत मसान्तसम्ममा ०.४६ प्रतिशतबाट १.३३ मा निष्क्रिय कर्जा बढेको हो। खराब कर्जाबापतको व्यवस्थामा ७९ लाख ५४ हजार रुपैयाँ छुट्याएको छ। लघुवित्तको चुक्ता पूँजी बोनस पश्चात १३ प्रतिशतले बढेर ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२.५५ रुपैयाँ रहेको छ।
लघुवित्तको जगेडा कोषको आकार ३१५ प्रतिशतले बढ्दा ६२ लाखबाट २ करोड ५९ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.१२ गुणा छ।
प्रतिक्रिया