मितेरी डेभलपमेन्ट बैंकको नाफा एक वर्षमा १ करोड ६१ लाख बढ्यो

0
Shares

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लकडाउनका बीच पनि आफ्नो खुद नाफा १ करोड ६१ लाख ५७ हजार रुपैयाँले बढाएको छ।

अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्ममा १२ करोड ८ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आवको यसै अवधिमा बैंकले १० करोड ४६ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो। चालु आवको माघदेखि चैतमा बैंकले करोड ७७ लाख ४५ हजार रुपैयाँ नाफा बढाएको हो।

चुक्ता पूँजी ६९ करोड ३३ लाख रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३ रुपैयाँ २३ पैसा छ। यस्तै बैंकको ९ महिना अवधिमा वितरण योग्य मुनाफा ६ करोड १४ लाख ५९ हजार रुपैयाँ र शेयरधनी कोषमा ६ करोड २२ लाख ५० हजार रुपैयाँ छ। जगेडा कोषमा २० करोड ९ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १४.२९ गुणा छ।

चैत मसान्तसम्ममा बैंकले ४ अर्ब ९५ करोड ८९ लाख बचत संकलन गरि ४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ। यसबाट चैतसम्म बैंकले २० करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको भन्दा ६४ लाख ५९ हजार धेरै हो। बैंकको सञ्चालन मुनाफा पनि २ करोड ३० लाख रुपैयाँ वृद्धि भई १७ करोड २५ लाख ८९ हजार रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात घटेर ०.२० प्रतिशतमा रहेको छ। कोषको लागत ९.०९ रहेको बैंकको आधारदर भने १२.२१ प्रतिशत रहेको छ।