निको भएका विरामीहरुमा पुनः कोराना संक्रमण,तीन जना अस्पताल भर्ना

0
Shares

उपचार गरेर निको भई घर फर्किएका व्यक्तीहरुमा पुनः कोराना संक्रमण देखिन थालेको छ । असिहलेसम्म यसरी संक्रमित हुनेको संख्या तीन पुगेको छ।

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका एक पुरुष, रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुन संक्रमण देखिएको हो।

यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ। उनीहरुमा पुनः संक्रमणको लक्षण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा विकास देवकोटाले बताए।

सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुषलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । रौतहटका एक युवक र भारतीय जमातीको नारायणी अस्पतालमा भर्ना भएका छन्।

 

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  ०६ : ४५ बजे