हालसम्म ६७ हजार बढी कोरोना नमुना परीक्षण सम्पन्न, ३३३ जना रेड जोनमा

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ६७ हजार ६६ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पिसिआर प्रविधिबाट १४ हजार ९६ र आरडिटी प्रविधिबाट ५२ हजार ९७० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप ९९१ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ६ हजार ३२८, प्रदेश नं २ मा ५ हजार ७९७, वाग्मती प्रदेशमा ८ हजार ९४०, गण्डकी प्रदेशमा ६ हजार १९७, प्रदेश नं ५ मा ५ हजार ३३०, कर्णाली प्रदेशमा ५ हजार ९७७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४०१ जनामा कोरोना परिक्षण गरिएको छ।

तीब्र गतिामा विस्तार भैरहेको परिक्षणको संख्या मौज्दात सामाग्रीको स्थितिले केही भएको र सामाग्रीको उपलब्धतासँगै केी दिनभित्रै बढ्ने बताइएको छ।

  • १९ हजार ७३४ जना क्वारेटाइनमा, ‘रेडजोन’ मा ३३३

मुलुकभर हालसम्म जम्मा १९ हजार ७३४ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर १ मा २ हजार १८ जना, प्रदेश नम्बर २ मा १ हजार २५६ जना, वाग्मती प्रदेशमा २६२ जना, गण्डकी प्रदेशमा ६५७ जना, प्रदेश नम्बर ५ मा ७ हजार ८८४ जना, कर्णालीमा ३ हजार ७५८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८९९ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १३६ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ७ र उपत्यकाबाहिर १२९ जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ८५७ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३३ हजार २१२ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ३५६ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ३ जना ‘रेडजोन’ मा परेका छन् । यससँगै रेड जोनाम पर्नेरुको संख्या ३३३ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  १६ : २७ बजे