दुई महिने शिशु सहित वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण, कूल संख्या ९९ पुग्यो

0
Shares

वीरगञ्जमा दुई महिने शिशु सहित थप १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जमका थप १७ जनामा कोरोना पोजिटिभ देखिएको हो।

उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । परिक्षणमा दुई महिने शिशुदेखि ६६ वर्षसम्म उमेरका १० जना पुरुष र ७ महिलामा गरि १७ जनामा कोरोना पोजेटिभ नतिजा आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । 

नेपालमा कोभिड-१९ देखिएका ९९ जनामध्ये ७१ जना पुरुष र २८ जना महिला हुन्। प्रादेशिक हिसाबले प्रदेश नम्बर १ मा ३१ जना, २ मा ३० जना, वाग्मतीमा ७ जना, गण्डकीमा २ जना, प्रदेशमा नम्बर ५ मा २४ जना, र सुदूरपश्चि प्रदेशमा ५ जना रहेका छन्। 

आज वीरगञ्जमा देखिएको यो संख्या नेपालमा एकैदिन देखिएको सर्वाधिक हो। यसअघि २१ वैशाखमा नेपालगञ्जमा एकैपटक १६ जनामा देखिएको थियो।