निको भएका ३ मा फेरि देखियो कोरोना पोजेटिभ नतिजा, अस्पताल भर्ना

0
Shares

देशभित्र कोरोना संक्रमणलाई पराजित गरि घर फर्किएका २२ जनामध्ये ३ जनामा पुन कोरोना भाइरसको पोजेटिभ नतिजा देखा परेको छ।

बुधबारसम्म २२ जना उपचारपछि नतिजा नेगेटिभ आई घर फर्किएकामध्ये काठमाण्डौंका १ जना, रौतहटका १ जना र पर्साका १ जनामा फेरि कोरोना देखा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार गत बैशाख ११ गते डिस्चार्ज भएका काठमाण्डौंको सनसीटी निवासी ५२ वर्षीय पुरुषको पुन: नमुना परिक्षण गर्दा कोरोना नतिजा पोजेटिभ आएपछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको हो।

यसैगरि बैशाख १४ जना डिस्चार्ज भएका रौतहटका १९ वर्षिय र पर्साको ४४ वर्षिय पुरुषहरुको पनि फलोअप नमुना परिक्षण पोजेटिभ आएकाले वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ।

निको भएकालाई कोरोना फेरि लाग्न सक्छ !

 

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  १७ : ०६ बजे