कामना सेवाको ५० हजार बीमा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा

0
Shares

कामना सेवा विकास बैंकले बीमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस ९कोभिड १९० कोे कारणले आम जनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आम जनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने पवित्र उद्देश्यका साथ उक्त खाता स१चालनमा ल्याइएको बैंकले जनाएको छ।

नेको इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम ५ हजार रहनेछ । यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पि.सि.आर टेष्टद्धारा पुष्टि भएमा ५० हजारको बीमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाईटमा गई अनलाईनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस,एसएमएस र मोबाइल बैंकिङ्ग, सि आश्वा र अनलाईन खाता खोल्ने सुविधा लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ। यस्तै बैंकले समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना बनाएको छ ।

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  १८ : ०८ बजे