भारतको महाराष्ट्रमा मात्रै लकडाउन उलंघन गर्ने १८ हजार पक्राउ

0
Shares

भारतको महाराष्ट्र राज्यबाट मात्रै लकडाउन सम्वन्धी नियम उलंघन गर्ने १८ हजार जना पक्राउ परेका छन् ।

भारतमा केन्द्रीय सरकारले देशव्यापी लकडाउन लागू गरेपनि उलंघन गर्नेहरुलाई स्थानीय प्रशासनले पक्राउ गर्ने गरेको छ।

मन्त्रालयले १८ हजार ७२२ जना व्यक्तिलाई र अरु ५३ हजार ७१ ओटा यातायातका साधनहरु नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ।
लकडाउन उलंघन गर्नेहरुलाई जरिवाना तिराउँदा झण्डै तीन करोड भारतीय रुपैया रजश्व संकलन भएको पनि मन्त्रालयले जनाएको छ।

प्रदेशभरी गरेर दुई लाखभन्दा बढी मानिस अहिले पनि क्वारेन्टाइनमा रहेको र ६४२ जनाले क्वारेन्टाइनसम्वन्धी नियम उलंघन गरेको वक्तव्यमा लेखिएको छ।

क्वारेन्टाइनको वा लकडाउनको नियम उलंघन गर्नेहरुका बारेमा १०० मा फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ । प्रहरीले अन्य कुनै गुनासो वा समस्याहरुका बारेमा समेत फोन गरेर जानकारी दिन सकिने बताएको छ ।

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  २० : ०७ बजे