स्वदेशी लघुवित्तले पस्कियो सुधारउन्मुख विवरण, खराब कर्जा भने बढ्यो

0
Shares

स्वदेशी लघुवित्तको खुद नाफामा चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासमा १२ प्रतिशतले नाफा बढाएको छ।

गत आवको यसै अवधिमा ४ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस लघुवित्तले चालु आवको यसै अवधिमा ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

खुद ब्याज आम्दानीका साथै सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफामा सुधार आएको हो। लघुवित्तको नाफा बढेपनि पूँजी वृद्धिको अनुपातमा नहुँदा प्रतिशेयर आम्दानी खस्किएको छ। गत आवको तेस्रो त्रैमासमा २७ रुपैयाँ ९३ पैसा रहेको लघुवित्तको प्रति शेयर आम्दानी घटेर २६ रुपैयाँ ७ पैसामा झरेको छ।

चैत मसान्तसम्ममा लघुवित्तले ८ करोड ४८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यस अवधिमा लघुवित्तले १९ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.९९ बाट बढेर २.१६ प्रतिशत पुगेकोे छ। लघुवित्तको मूल्य आम्दानी अनुपात २९.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा कायम भएको छ।

चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा लघुवित्तले एक अर्ब २३ करोड निक्षेप संकलन र २ अर्ब ४१ करोड सापटीबाट ३ अर्ब ८१ करोड कर्जा परिचालन गरेको छ।