अनुमति बिना भुक्तानी प्रणाली सञ्चालन गर्नेलाई राष्ट्र बैंकले कारवाही गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा केहीले केन्द्रीय बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आइएको पाइएको भन्दै त्यस्ता व्यक्ति तथा संस्थालाई कारवाही गर्ने चेतावनी दिएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न वा त्यस्तो सेवा सञ्चालन गर्न नपाइने प्रावधान रहेको बताए।

उनले यसरी अनुमति नलिई भुक्तानी सम्बन्धि कार्य गर्नु गैर कानुनी भएकाले त्यस्ता कार्य गर्ने सबैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने बताए।

केन्द्रीय बैंकले भुक्तानी प्रणाली सञ्चालन गर्न, भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न अनुमति प्राप्त संस्थाहरुको सूची वेवसाइटमा राखिएको र अनुमति लिएका संस्थाहरुबाट मात्र विद्युतीय भुक्तानी सम्बन्धि कार्य गराउन राष्ट्र बैंकका निर्देशक नेपालले आम सर्वसाधारणमा आग्रह गरेका छन्।

राष्ट्र बैंकबाट हालसम्म ९ वटा संस्थाले भुक्तानी प्रणाली सञ्चालक र १३ वटा संस्थाले भुक्तानी सेवा प्रदायकको अनुमति लिएका छन्। जुन यसप्रकारका रहेका छन्।