कोरोना हट स्पटमा कम्तिमा २५०० वटा कोरोनाको स्वाव परीक्षण हुने, टोली परिचालन

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ नियन्त्रणका लागि कोरोना परीक्षण भई हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएका तीन ठाउँमा कम्तिमा २ हजार ५०० जनाको स्वाव परीक्षण गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसंक्रमितमध्ये हटस्पटमा देखिएका स्थानहरुमा ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनाको टोली परिचालन भएको र थप वटा नमुना संकलन गरिने भएको छ।

उनका अनुसार उदयपुरमा ५००, वीरगञ्जमा कम्तिमा १ हजार, र नेपालगञ्जमा कम्तिमा १ हजार जनाको स्वाव संकलन गरि नमुना परिक्षण हुने भएको हो।

  • बिहीबार संक्रमित थपिएन, कहाँ कति संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका १ हजार ४५१ जनामा कोरोना परीक्षणमा कुनैपनि कोरोना नभेटिएको जनाएको छ।

हालसम्म कूल संक्रमितको संख्या ९९ जना रहेका छन्। जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन्। संक्रमितमध्ये प्रदेश नम्बर एकमा ३१ जना, प्रदेश नम्बर दुईमा ३० जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर पाँचमा २४ जना, कर्णालीमा शुन्य र सुदूरपश्चिम प्रदेशमा ५ जना व्यक्तिमा संक्रमण पुष्टि भएका छन्।

संक्रमितमध्ये रुपन्देहीमा १ जना, नेपालगञ्जमा २३ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना, विराटनगरमा २५ जना गरि हाल ७७ जनाको उपचार भैरहेको छ।

यस्तै डिस्चार्जपछि पोजेटिभ देखिएकामध्ये एक जनाको पाटन अस्पताल, र दुई जनाको नारायणी अस्पतालमा आइसोलेसनमा राखि अनुगमन भैरहेको प्रवक्ताले जानकारी दिए।

प्रकाशित मिति: २५ वैशाख २०७७, बिहीबार  १६ : ५२ बजे