ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले व्यवसायीक वृद्धिसँगै बैंकमा रहेको खराब कर्जा अनुपातमा सुधार ल्याउँदा बैंकको खुद नाफा १३.८६ प्रतिशतले वृद्धि भएको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ करोड ६२ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ करोड ४२ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बचत संकलन र कर्जा परिचालको आकार वृद्धि गर्दै ब्याज आम्दानी बढाएको बैंकले खराब कर्जा घटाउँदा कर्जा नोक्सानी व्यवस्थापन रकम ह्वात्तै घटेको छ। जुले बैंकको नाफा वृद्धि भएको देखिन्छ।
गत आवको चैत मसान्तमा ३.८६ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा बैंकले १.५४ बिन्दुले घटाएर २.३२ प्रतिशतमा ल्याएको छ। यससँगै १ करोड ३६ लाखको कर्जा नोक्सानी घटेर ४ लाख ६१ हजार छुट्टाउँदा पुगेको छ।
चुक्ता पूँजी ५० करोड रहेको यस बैंकको प्रतिशेयर आम्दानी ४.३३ रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा २ करोड ७२ लाख रुपैयाँ, शेयरधनी कोषमा ५१ लाख ४६ हजार रुपैयाँ र शेयर प्रिमियममा ५० लाख १ हजार रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर नेटवर्थ १०७.४८ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात २५.३८ गुणा छ।
ग्रीन डेभलपमेन्ट बैंकले १ अर्ब ३५ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले ६ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा १ करोड २६ लाख रुपैयाँ धेरै हो।
फि तथा कमिशन आम्दानी घटेर कर्मचारी खर्चमा वृद्धि भएपनि खराब कर्जा व्यवस्थामा रकम छुट्टाउन नपरेपछि बैंकको सञ्चालन नाफा बढेर २ करोड ३२ लाख आर्जन भएको छ।
प्रतिक्रिया